अग्नियो खण्डले आफ्नो स्थानीय अग्नि सेवाहरू कसरी खोज्ने भन्ने बारेमा जानकारी प्रदान गर्दछ । आगलागी भएमा तपाईंले 999* डायल गर्नुपर्छ र उनीहरूलाई आगलागी भएको कुरा भन्नु पर्छ ।
यदि तपाईं अग्नि सुरक्षा जानकारी चाहनुहुन्छ वा धुवाँ घण्टीहरू जडान गर्न वा जाँच गर्न चाहनुहुन्छ भने आफ्नो स्थानीय अग्नि सेवामा सम्पर्क गर्नुहोस् ।
डाइरेक्टगोभको वेबसाइट हेर्न र आफ्नो स्थानीय अग्नि सेवा पत्ता लगाउन यहाँ क्लिक गर्नुहोस् । अग्नि सुरक्षा तथा अग्नि रोकथामको बारेमा जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । त्यहाँ तपाईंले अग्नि सुरक्षाको बारेमा विभिन्न भाषाहरूमा पर्चाहरू पाउन सक्नुहुन्छ ।
अग्नि सुरक्षाको पर्चाहरूको लागि डाइरेक्टगोभको अग्नि सुरक्षा वेबसाइट हेर्न यहाँ क्लिक गर्नुहोस् । (*हेल्पलाइनहरुमा अँग्रेजीमा जवाफ दिइन्छ । कुनै दोभाषे उपलब्ध छन् कि सोध्नुहोस् । )
|


