एम्बुलेन्सयो खण्डले आकस्मिक अवस्थामा एम्बुलेन्सको लागि 999* डायल गर्ने बारेमा जानकारी प्रदान गर्दछ । निम्न आकस्मिक अवस्थाहरूमा तुरुन्तै 999* डायल गर्नुहोस्:
999* डायल गर्दा के गर्नेफोन गर्नुभन्दा पहिला आकस्मिकता भएको स्थान र आफूले प्रयोग गरेको टेलिफोनको नम्बर थाहा भएको कुरा सुनिश्चित गर्नुहोस् । तपाईंसँग सबभन्दा पहिला टेलिफोन अपरेटरले कुरा गर्छन् जसले तपाईंलाई कुन आकस्मिक सेवा आवश्यक छ भनेर सोध्नेछन् ।
तपाईंलाई फोन राख्न नभनिंदासम्म त्यसो नगर्नुहोस् । तपाईंले बिरामीलाई कसरी मद्दत गर्न सक्नुहुन्छ भनेर टेलिफोन अपरेटरले सल्लाह दिन सक्छन् र तपाईंले त्यो ठाउँ र आफूले प्रयोग गर्दै गरेको फोनको नम्बरको पनि पुष्टि गर्नुपर्नेछ ।
एन.एच.एस्.को एम्बुलेन्स सेवाको बारेमा थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् । (*हेल्पलाइनहरुमा अँग्रेजीमा जवाफ दिइन्छ । कुनै दोभाषे उपलब्ध छन् कि सोध्नुहोस् । )
|


