Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

माइयूकेइन्फो डट कमको बारेमा

माइयूकेइन्फो डट कम बेलायतमा काम गर्ने र बस्ने बारेमा आप्रवासी कामदारहरू र उनीहरुका रोजगारदाताहरूलाई महत्वपूर्ण सूचनामा पहुँच दिने पोर्टल हो ।  यो पोर्टल आप्रवासी कामदारहरू र उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरूको परिकल्पना लगानी बाट निर्माण गरिएको हो ।   माइयूकेइन्फो डट कमले बेलायतमा बसाइँ सर्ने, रोजगार र तालीम, आवास, यातायात, पैसा, परिवारहरू र बालबच्चाहरूका लागि साधनश्रोतहरू, स्वास्थ्य सेवा र आपतकालिन सम्पर्क सूचनाको बारेमा महत्वपूर्ण जानकारी प्रदान गर्दछ । माइयूकेइन्फो डट कम बिस्तार हुँदै जाँदा जानकारी बिस्तार हुनेछ र अन्य भाषाहरूमा पनि उपलब्ध गराइने छ ।
 
यो पोर्टल  चार वटा कम्पनीको संघद्वारा निर्माण गरिएको हो जसको नेतृत्व विशाल, अन्तरक्रियात्मक पोर्टलहरू निर्माण कार्यमा दक्ष एच.टि.के. द्वारा गरिएको छ ।  एच.टि.के. बेलायतमा आप्रवासीहरूलाई मदत गर्ने एक विशेषज्ञ परोपकारी सँस्था कीस्टोन डेभलपमेन्ट ट्रस्ट, वेब डिजाइनहरू स्मिथ र सानडर्स , र पी.आर.मा पनि संलग्न रहेको एक व्यापार परामर्श केन्द्र मिल्नर एल.एल.पी. द्वारा समर्थित छ ।
 HTK - Intelligent Customer Contact      Keystone Development Trust    
 Smith and Saunders - web designers      Milner LLP - Marketing and PR
 
यो पोर्टलमा इस्ट अफ इंग्ल्याण्ड डेभलपमेन्ट एजेन्सी (इ.इ.डी.ए.) , युरोपियन सोसियल फण्ड (इ.एस्.फ.)डिपार्टमेन्ट अफ कम्युनिटीज एण्ड लोकल गभर्नमेन्ट (डी.सी.एल.जी.) को लगानी छ ।
 
        East of England Development Agency (EEDA)       European Union - European Social Fund      Department of Communities and local Government (DCLG)
 
 
माइयूकेइन्फो डट कम, विशेष भाषा सेवाहरू पनि प्रदान गर्ने एउटा अनुवाद र दोभाषे कम्पनी,ल्याँग्वेज कनेक्ट द्वारा समर्थित छ ।
 
 
माइयूकेइन्फो डट कम पोर्टलसँग स्थानीय नगर, काउन्सिल र क्षेत्रीय सूचनाहरू, अद्यावधिक कुराहरू र सम्पर्क सूचनाहरू थप गर्न स्थानीय निकाय र स्थानीय सङ्गठनहरूका लागि स्थानीय पृष्ठहरू छन् । यसले आप्रवासी कामदारहरूलाई पोर्टलका मुख्य उच्च ८ खण्डहरूमा बेलायतमा बस्ने र काम गर्ने बारेको राष्ट्रिय जानकारी साथै उनीहरूको स्थानीय क्षेत्रको जानकारीमा पहुँच दिन्छ । 
 
कृपया हामीलाई सम्पर्क गर्नुहोस् पृष्ठ हेर्नुहोस् र यदि तपाईंको सङ्गठन माइयूकेइन्फो पोर्टलमा आफ्नै पृष्ठ बनाउन चाहन्छ भने सम्पर्क गर्नुहोस् । यसका फाइदाहरू:
  • माइयूकेइन्फोसँग आप्रवासी कामदारहरूलाई बेलायतमा बस्न र काम गर्न आउन चाहने बेलामा आवश्यक पर्ने उचित राष्ट्रिय जानकारी पहिलै देखि छ
  • माइयूकेइन्फोमा आफ्नै पृष्ठ हुँदा आफ्नो सङ्गठनको वेबसाइट फेरी अर्को भाषामा बनाउनुपर्ने आवश्यकता रहँदैन  
  • अहिलेसम्म कुनै भाषा पोर्टलमा नभए पनि, तपाईंको जानकारी तपाईंको क्षेत्रको आप्रवासी समुदायको लागि उचित कुनै पनि भाषामा अनुवाद गर्न सकिन्छ
  • तपाईंको सङ्गठनको पृष्ठको व्यवस्थापन र नियन्त्रण तपाईंकै सङ्गठनले गर्दछ ।
यो पोर्टल आप्रवासी कामदारका सम्भावित रोजगारदाताहरू सहित सबै स्तरका सरकारी, परोपकारी सँस्था र व्यापारिक उद्यमहरूका प्रायोजक र विज्ञापनदाताहरूको लागि उपलब्ध छ ।  सबै विज्ञापन कठोर प्रशासन नीति र उजुरी प्रक्रियाद्वारा नियन्त्रित हुन्छ ।  यो वेबसाइटलाई विज्ञापनको लागि खुल्ला गरेर आप्रवासी कामदारहरूलाई उचित जानकारी र विशेष प्रस्तावहरू विभिन्न भाषाहरूमा र एकै ठाउँमा उपलब्ध गराउन सकिन्छ ।   यदि तपाईं माइयूकेइन्फो पोर्टलमा विज्ञापन गर्ने अवसर चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् भन्ने पृष्ठ हेर्नुहोस् र सम्पर्क गर्नुहोस् ।

यदि तपाईं माइयूकेइन्फो डट कमसँग जोडिने अवसर चाहनुहुन्छ, वा माइयूकेइन्फो डट कमको  व्यापारिक पोस्टरहरू डाउनलोड गर्न चाहनुहुन्छ भने कृपया माइयूकेइन्फो पृष्ठ जोड्ने हेर्नुहोस् ।
 
यदि तपाईं आफ्नो क्षेत्रका आप्रवासी कामदारहरू माझ माइयूकेइन्फो डट कम पोर्टलको प्रचार गर्न चाहनुहुन्छ भने, हामीसँग बिजनेस कार्ड आकारका जानकारी कार्डहरू छन्, जसले पोर्टलमा भएका जानकारीहरू पोर्टलका सबै भाषाहरूमा वर्णन गर्दछन् ।  यदि तपाईं यस्ता केही कार्डहरू नि:शुल्क प्राप्त गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस् पृष्ठ हेर्नुहोस् ।
 
माइयूकेइन्फो अब फेसबुकमा छ ! यहाँ हामीलाई हेर्नुहोस् र प्रशंसक बनेर अद्यावधिक रहनुहोस्
 
माइयूकेइन्फो अब ट्वीटरमा छ ! यहाँ हामीलाई हेर्नुहोस् र फलो गरेर अद्यावधिक रहनुहोस्
No votes yet