घरेलु हिंसायो खण्डले घरेलु हिंसाको बारेमा र आफूलाई मद्दत चाहिएमा कसलाई सम्पर्क गर्ने भन्ने बारेमा जानकारी प्रदान गर्दछ । सम्बन्धमा रहेका वा भएका वयस्क व्यक्तिहरू वा परिवारका सदस्यहरूको बीचमा हुने कुनै पनि डरधम्कीपूर्ण व्यवहार,हिंसा वा दुर्व्यवहारलाई घरेलु हिंसा भनिन्छ । जुनसुकै लिङ्ग वा लैंगिकताका व्यक्तिहरूलाई यसले असर गर्न सक्छ । यो हिंसा मानसिक, शारीरिक, यौनिक वा भावनात्मक हुनसक्छ ।
घरेलु हिंसा सम्बन्धी आकस्मिक अवस्थामा तपाईंले 999मा फोन गर्नुपर्छ । बेलायतका प्रहरी र अदालतहरूले घरेलु हिंसालाई असाध्यै गम्भीर रूपमा लिन्छन् ।
घरेलु हिंसा सम्बन्धी सहयोगको लागि तपाईंले निम्न हेल्पलाइनहरूमा फोन गर्न सक्नुहुन्छ:
इंग्लिस नेशनल डोमेस्टिक भायोलेन्स हेल्पलाइन: 0808 2000 247*
नर्दन आयरल्याण्ड विमन्स एड 24-आवर डोमेस्टिक भायोलेन्स हेल्पलाइन:: 028 9033 1818*
स्कटिस डोमेस्टिक एब्युज हेल्पलाइन: 0800 027 1234*
वेल्स डोमेस्टिक एब्युज हेल्पलाइन: 0808 80 10 800*
मेल एड्भाइस एण्ड इन्क्वायरी लाइन: 0845 064 6800*
घरेलु हिंसाको बारेमा थप जानकारीको लागि तलका वेबसाइटहरू हेर्नुहोस् ।
विमन्स एडको वेबसाइट हेर्न यहाँ क्लिक गर्नुहोस् । (*हेल्पलाइनहरुमा अँग्रेजीमा जवाफ दिइन्छ । कुनै दोभाषे उपलब्ध छन् कि सोध्नुहोस् । )
|


